२०८३, आश्विन २० गते

images
  • विश्व
  • महाकुम्भमा भागदौडः १४ जनाको मृत्यु, ५०...

महाकुम्भमा भागदौडः १४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

महाकुम्भमा भागदौडः १४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

सीएनएन खबर
बुधवार, माघ १६ २०८१०९:२१
सीएनएन खबर
बुधवार, माघ १६ २०८१०९:२१
  • images

    काठमाडौँ । भारतको प्रयागराजमा जारी कुम्भमेलामा मध्यराती भागदौड मच्चिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। गएराति साढे १ बजेतिर अचानक भागदौड मच्चिँदा अरु ५० जनाभन्दा धेरै मानिस घाइते भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन्। प्रशासनले अहिलेसम्म मृतक र घाइतेबारे स्पष्ट जानकारी दिएको छैन। 

    यद्यपि १४ जनाको शव पोष्टमार्टमका लागि स्थानीय स्वरूपरानी अस्पतालमा लगिएको भारतीय सञ्चारमाध्यम ‘दैनिक भास्कर’ले जनाएको छ। भागदौडका क्रममा केही महिलाहरु लडेको र उनीहरूलाई भिडले कुल्चिँदा मृत्यु भएको हो। घटनापछि आज औंशीका लागि १३ स्थानमा जारी अमृत स्नान रद्ध गरिएको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अमृत स्नान रद्द गरिएको बताइएको छ। 

    मानिसहरूलाई संगम क्षेत्रमा लगाइएको छेकावार हटाइएको छ। यद्यपि अहिले पनि संगम तटमा मानिसहरुको लामो ताँती रहेको आजतकले जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग घटनाबारे जानकारी लिएका छन्। 

    मुख्यमन्त्री योगीले एक अपिल जारी गर्दै गंगाको नजिकै घाटमा स्नान गर्न र संगम क्षेत्रमा नजान आग्रह गरेका छन्। कुनै अफवाहको पछि नलाग्न र प्रशासनले गरेको अपिलमा ध्यान दिन पनि उनले भनेका छन्। 

    जनवरी १३ मा भएको महाकुम्भ मेलामा अहिलेसम्म १५ करोड मानिसले गंगामा डुबुल्की मारेको बताइएको छ। बुधबार औँसीका दिन १० करोड भन्दा बढी श्रद्धालु त्यहाँ पुग्ने अनुमान गरिएको थियो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend