काठमाडौं ।नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्नो स्वामित्वमा रहेका २५ वटा मोटरसाइकल बिक्रीमा राखेको छ।
यी मोटरसाइकल विभिन्न शाखा कार्यालयहरूमा रहेका छन् र जसको स्थिति जस्तो पनि छ, त्यहि अवस्थामा बिक्री गरिनेछ।
इच्छुक व्यक्तिहरू र कम्पनीहरूले १५ दिन भित्र गोप्य शिलबन्दी बोलपत्र प्रस्तुत गर्नुपर्नेछ।
बोलपत्र फारम ५ सय रुपैयाँमा उपलब्ध हुनेछ र लिलामीका शर्तहरू फारममा उल्लेख गरिएका छन्। यो कदम सवारी कर्जामा उच्च डिफल्टका कारण गरिएको हो।

