२०८३, आश्विन २० गते

images
  • विश्व
  • अमेरिकामा जहाज र सेनाको हेलिकोप्टर ठोक्किए,...

अमेरिकामा जहाज र सेनाको हेलिकोप्टर ठोक्किए, १८ जनाको मृत्यु

अमेरिकामा जहाज र सेनाको हेलिकोप्टर ठोक्किए, १८ जनाको मृत्यु

बिहिवार, माघ १७ २०८१०१:१४
बिहिवार, माघ १७ २०८१०१:१४
  • images

    एजेन्सी । अमेरिकामा जहाज दुर्घटनामा अहिलेसम्म कम्तिमा १८ जनाको मृत्यु भएको छ। वासिङ्टन डिसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थल नजिक यात्रु बोकेको जहाज अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएर भएको दुर्घटनामा अहिलेसम्म १८ जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ।

    जहाजमा ६० जना यात्रु र चालकदलका ४ जना गरी ६४ जना रहेको र हेलिकप्टरमा तीन जना सैनिक सवार रहेको खुलेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ। वासिङ्टनको केनेडी सेन्टरबाट वेभ क्यामेराले खिचेको दृश्यमा विपरीत दिशाबाट आइरहेको हेलिकप्टर जहाजमा ठोक्किएको देखिएको छ।

    ठोक्किएपछि जहाज आकाशमै विस्फोट भएको थियो। त्यसपछि आगोको लप्कामा जलिरहेको विमान द्रूत गतिमा खसेको भिडिओमा देखिन्छ। हेलिकप्टर र जहाज ठोक्किएको तल पोटोम्याक नदी छ। दुर्घटनापछि जहाज नदीमै खसेको थियो।

    अहिले सुरक्षाकर्मी, उद्धारकर्ता, डुंगा प्रयोग गरी यात्रुहरूको खोजी भइरहेको छ। धेरै एम्बुलेन्सहरू तयारी अवस्थामा राखिएका छन्। नदीबाट चार जनाको शव निकालिएको रोयटर्सले जनाएको छ।

    अमेरिकन एयरलाइन्सको ५३४२ कलसाइनको उक्त जहाज कन्सासको विचिटाबाट उडेको थियो। दुर्घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend