२०८३, आश्विन १९ गते

images

४ लाख नगद र ५० लाख बढीको चेक सहित दुई प्राविधिक अख्तियारको नियन्त्रणमा

४ लाख नगद र ५० लाख बढीको चेक सहित दुई प्राविधिक अख्तियारको नियन्त्रणमा

सीएनएन खबर
मंगलवार, श्रावण १ २०८१०८:२९
सीएनएन खबर
मंगलवार, श्रावण १ २०८१०८:२९
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित दुई कृषि प्राविधिकलाई नियन्त्रणमा लिएको छ । 

    आयोगले सोमबार दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाका प्राविधिक (अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामीलाई ४ लाख १२ हजार घुस रकम र ५० लाख ६० हजार रुपैयाँ बराबरको चेक सहित नियन्त्रणमा लिएको हो । 
    उनीहरुले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले घुस लिइसकेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

    यस्तै, उनीहरुको साथबाट आयोगले ४५ लाख ६० हजारको ५ (पाँच) थान चेक र अशोक सिंह धामीको नाममा काटिएको दुई लाख पचास हजार को २ (दुई) वटा चेक गरी ५ लाखको चेकसहित धनगढी उपमहानगरपालिका वडा नं. ४ बोराडाडीबाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend