काठमाडौँ । सरकारले समयमै निर्माण सम्पन्न नगरेको भन्दै विभिन्न ४ निर्माण कम्पनीलाई कालोसूचिमा राखेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार एक सूचना जारी गर्दै उक्त कम्पनीलाई २ वर्षसम्म कालोसूचीमा राखिएको जनाएको हो ।
सूचना अनुसार डोटीको बि एस भैरवशक्ति निर्माण सेवा, वि एस कन्स्ट्रक्सन दिपायल र भैरव शक्ति निर्माण सेवालाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ । सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतको सिफारिसमा उनीलाई कालोसूचीमा राखिएको हो ।
यस्तै, उक्त कम्पनीलाई सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुुुगमन कार्यालय सुर्खेतकै सिफारिसमा एक वर्ष ६ महिना कालोसूचीमा राखिएको छ ।
नेपाल विद्युत प्राधिकरण, प्रधान कार्यालय दरबार मार्गको सिफारिसमा इण्डियाको भटिन्डा सिरेमिकलाई एक वर्ष ६ महिना र गुराँस गाउँपालिकाको सिफारिसमा मस्टा जेविडि कन्स्ट्रक्सन एण्ड इञ्जिनियरङ प्रालिलाई एक वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ ।
सरकारले कालोसूचीमा राखेको समयमा उक्त कम्पनीले कुनै पनि सरकारी सेवामा भाग लिन पाउँदैन् ।

