२०८३, आश्विन १९ गते

images
  • समाचार
  • १७ दिनपछि स्थगित भयो कृषि मन्त्रालयका...

१७ दिनपछि स्थगित भयो कृषि मन्त्रालयका कर्मचारीकाे आन्दोलन, के भयो सहमति ?

१७ दिनपछि स्थगित भयो कृषि मन्त्रालयका कर्मचारीकाे आन्दोलन, के भयो सहमति ?

सीएनएन खबर
बुधवार, श्रावण २ २०८१११:३४
सीएनएन खबर
बुधवार, श्रावण २ २०८१११:३४
  • images

    काठमाडौँ । विगत १७ दिनदेखि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवेशद्वारमा धर्नामा बसेका कृषि प्राविधिक कर्मचारीहरुले आन्दोलन स्थगन गरेका छन् । गत असार १६ गतेदेखि धर्ना बस्दै आएका कृषि प्राविधिक कर्मचारीहरूको  बुधबार आन्दोलन स्थगन गरेका हुन् । 

    नवनियुक्त कृषिमन्त्री रामनाथ अधिकारीले १५ दिनभित्र आवश्यक निकासा दिन पहल गर्ने आश्वासन दिएपछि कर्मचारीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । 

    कृषि मन्त्रालय मातहतका विभिन्न कार्यालयमा कार्यरत तीन सय बढी प्राविधिक कर्मचारीहरू आफ्नो वृत्ति विकास हुन नसकेको भन्दै धर्नामा बसेका थिए । 

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेलले आफूले मन्त्रीको आग्रहमा दुई साताका लागि धर्ना स्थगित गरेको बताए । मन्त्रिले दिएको समयावधिसम्म माग पूरा नभए पुनः आन्दोलन गर्ने सहमित भएको उनको भनाई छ । यस्तै, उनले माग पूरा नहुँदासम्म काममा नफर्कने बताए । 

    २०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरुको वृत्ति विकासका लागि नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम पनि नभएको भन्दै कर्मचारीहरु सांकेतिक बिरोध स्वरुप धर्नामा बसेको थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend