२०८३, आश्विन १९ गते

images
  • समाचार
  • विद्युत् सेवा अवरुद्ध भएपछि चन्द्रागिरि केबलकारमा...

विद्युत् सेवा अवरुद्ध भएपछि चन्द्रागिरि केबलकारमा अड्कीए यात्रु

विद्युत् सेवा अवरुद्ध भएपछि चन्द्रागिरि केबलकारमा अड्कीए यात्रु

सीएनएन खबर
बुधवार, श्रावण २ २०८१०२:५९
सीएनएन खबर
बुधवार, श्रावण २ २०८१०२:५९
  • images

    काठमाडौँ । चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किएका छन् । विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका हुन् ।

    अवरुद्ध विद्युत सेवा सञ्चलानमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका यात्रुलाई उद्धार गर्ने तयारी गरिएको छ ।

    उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरितर्फ गएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

    उनका अनुसार केवलकारमा अड्किएकाहरूलाई झार्न जेनेरेटरले समेत काम नगरेपछि डोरी हातैले तानेर तल्लो स्टेशनमा झार्ने प्रयास भैरहेको छ । 
     
    वैकल्पिक उपायका लागि राखिएको जेनेरेटर पनि नचलेपछि कम्पनीले प्रहरीको पनि सहयोग लिएर केवलकारका रोप्वेलाई हातैले तानेर झार्ने प्रयास गरिरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend