२०८३, आश्विन २० गते

images
  • समाचार
  • मेयरले लगाए कांग्रेसका नेता विश्वकर्मामाथि रकम...

मेयरले लगाए कांग्रेसका नेता विश्वकर्मामाथि रकम हिनामिनाको आरोप, अख्तियारमा पुग्यो पत्र

मेयरले लगाए कांग्रेसका नेता विश्वकर्मामाथि रकम हिनामिनाको आरोप, अख्तियारमा पुग्यो पत्र

शुक्रवार, माघ २५ २०८१०४:५३
शुक्रवार, माघ २५ २०८१०४:५३
  • images

    काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले कांग्रेसका नेता मिन वहादुर विश्वकर्माले झन्डै २२ करोड रकम हिनामिना गरेको आरोप लगाएका छन् । 

    उनले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउँदै पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता मीन वहादुर विश्वकर्माले रकम हिनामिना गरेको भन्दै उनीमाथि छानविन गर्न आग्रह गरेका हुन् ।

    उनले शुक्रबार आयोगलाई पठाएको पत्र अनुसार धरानमा खानेपानी आयोजनामा अनियमितता गरेको भन्दै थप छानविन गरी दोषी देखिए कारवाही गर्न समेत आग्रह गरेका हुन् । 

    उनले आयोगलाई लेखेको पत्र अनुसार विश्वकर्माले एडीबीबाट ल्याएको भनिएको एक सय ५० करोड रुपैयाँ बराबरको अनुदानमा २१ करोड ९३ लाख २४ हजार ३७९ रुपैयाँ अनियमिता भएको आरोप लगाएका छन् । 

    ‘पूर्व उद्योग वाणिज्यमन्त्री तथा पूर्व सांसद नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले टिभी टुडे नामको मिडियामा चक्तव्युह नामको कार्यक्रममा अन्तर्वात दिदा १५० करोड एडीबीबाट ऋण अनुदान ल्याएर खानेपानी योजना गरेको भनि बोलेका थिए’, उनले भनेका छन्, ‘धरान उपमहानगरपालिकाको लेखा शाखाले दिएको लिखित जानकारी अनुसार ऋण र अदुान जोडेर १ अर्ब २८ करोड ६ लाख ७५ हजार ६२१ रुपैयाँ मात्रै खर्च गरिएको भन्ने बुभिएको छ । बाँकी भएको २१ करोड ९३ लाख २४ हजार ३७९ रुपैयाँ हिनामिना भएको भन्ने बझिन्छ ।’ 

    उनले विश्वकर्मासँग लिखतमा सोधीखोजी बाँकी रकम के कसरी कहाँ खर्च भएको हो सो बुझि जानकारी पठाइदिन र हिसाब नदेखाएको खण्डमा कानुन बमोजिम आवश्यक कारवाही गरिदिन समेत आयोगलाई आग्रह गरेका छन् ।

    harka latter.jpg

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend