२०८३, आश्विन २० गते

images
  • समाचार
  • दक्षिणकालीमा स्कुल बस दुर्घटना, २ जनाको...

दक्षिणकालीमा स्कुल बस दुर्घटना, २ जनाको मृत्यु

दक्षिणकालीमा स्कुल बस दुर्घटना, २ जनाको मृत्यु

आइतवार, माघ २७ २०८१०५:५१
आइतवार, माघ २७ २०८१०५:५१
  • images

    काठमाडौँ । काठमाडौँको दक्षिणकालीस्थित फर्पिङमा स्कुल बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

    दक्षिणकाली नगरपालिका-३ फर्पिङमा आइतबार दिउँसो ४ बजे जुनकिरी इंग्लिस स्कुलकाका विद्यार्थी सवार बस दुर्घटनामा परेको फर्पिङ प्रहरीले जनाएको छ ।

    बसमा करिब ५० जना विद्यार्थी सवार थिए । मृत्यु हुनेमा स्कुल बसका चालक दक्षिणकाली नगरपालिका४ घर भएका ३५ वर्षीय रामकृष्ण थापा मगर र सोही ठाउँका ८ वर्षीय बालक विपिन श्रेष्ठ रहेका छन् । थापामगरको नगर अस्पताल दक्षिणकालीमा र श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend