२०८३, आश्विन २० गते

images
  • विश्व
  • भारतीय अर्बपति रावको छुरा प्रहार गरी...

भारतीय अर्बपति रावको छुरा प्रहार गरी हत्या,नाति पक्राउ

भारतीय अर्बपति रावको छुरा प्रहार गरी हत्या,नाति पक्राउ

सोमवार, माघ २८ २०८१०१:२३
सोमवार, माघ २८ २०८१०१:२३
  • images

    एजेन्सी । भारतीय राज्य तेलंगानाको राजधानी हैदराबादबाट एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ।  त्यहाँ वेल्जन ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक ८६ वर्षीय वेलामती चन्द्रशेखर जनार्दन रावको आफ्नै घरमा हत्या भएको हो। 

    अर्बपति वेलामतीको हत्याको आरोप अरू कसैलाई नभएर उनका आफ्नै २९ वर्षीय नाति किलारु कीर्ति तेजालाई लागेको छ।

    यही फेब्रुअरी ६ राति सोमाजीगुडास्थित वेलामतीको घरमा ७० पटकभन्दा बढी चक्कुले आक्रमण गरियो। रिपोर्टअनुसार सम्पत्ति बाँडफाँडलाई लिएर भएको चर्को विवादपछि हत्या गरिएको हो।

    तेजाले आफ्नो हजुरबुबालाई सम्पत्ति राम्ररी बाँडफाँड नगरेको आरोप लगाउँदै विरोध गरेको बताइएको छ।

    यो विवादपछि रिसको आवेगमा तेजाले रावलाई धेरैपटक छुरा प्रहार गरेको आरोप छ। उनको शरीरमा ७० ठाउँमा चक्कुका चोट लागेका छन्।

    झगडाका क्रममा तेजाकी आमा अर्थात् रावकी छोरी सरोजिनी देवीले छुट्याउने प्रयास गरेकी थिइन् तर सकिनन्। 

    उनलाई पनि चोटपटक लागेको छ। उनलाई अस्पताल लगिएको छ र हाल उपचार जारी छ। अमेरिकाबाट स्नातकोत्तर डिग्री पूरा गरेपछि तेजा हालै हैदराबाद फर्किएका थिए। 

    उनी र उनकी आमा छुट्टाछुट्टै बस्थे तर आक्रमण हुनुभन्दा अघि दुवै जना रावको निवासमा थिए। आक्रमणपछि तेजाविरुद्ध हत्या आरोपमा जाहेरी दर्ता गरिएको छ। उनलाई फेब्रुअरी ८ मा हिरासतमा लिइएको थियो र प्रहरीले अपराधबारे थप अनुसन्धान सुरु गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend