२०८३, आश्विन २० गते

images
  • समाचार
  • शान्दार मःम ग्यास विस्फोट प्रकरणः थप...

शान्दार मःम ग्यास विस्फोट प्रकरणः थप १ जनाको मृत्यु

शान्दार मःम ग्यास विस्फोट प्रकरणः थप १ जनाको मृत्यु

आइतवार, फाल्गुण ४ २०८११०:२३
आइतवार, फाल्गुण ४ २०८११०:२३
  • images

    काठमाडौँ । कमलपोखरीस्थित एक मःम पसलमा भएको ग्यास सिलिण्डर विस्फोटमा घाइते भएका अर्का एकजनाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।

    काभ्रे बेथानचोक गाउँपालिका ढुङ्खर्क घर भभई कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको गएराति करिब पौने १२ बजे उनको मृत्यु भएको हो ।

    यससँगै ग्यास सिलिण्डर विस्फोटबाट मृत्यु हुनेको संख्या चार पुगेको छ। यसअघि गत सोमबार दुईजनाको र शुक्रबार एकजनाको मृत्यु भएको थियो।

    मकवानपुरका १८ वर्षीय रविन राई र उदयपुरका २५ वर्षीय भीम बहादुर घले मगर ९नवीन० को उपचारका क्रममा मृत्यु भएको थियो । यस्तै उदयपुरका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो ।

    गत माघ २४ गते बिहान पौने ९ बजेको समयमा  ग्यास सिलिण्डर विस्फोट भएको थियो। विस्फोटमा परी १४ जना घाइते भएका थिए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend