२०८३, आश्विन २० गते

images
  • विश्व
  • अवतरणको क्रममा ८० यात्रु सवार जहाज...

अवतरणको क्रममा ८० यात्रु सवार जहाज पल्टियो, कस्तो छ स्वास्थ्य अवस्था

अवतरणको क्रममा ८० यात्रु सवार जहाज पल्टियो, कस्तो छ स्वास्थ्य अवस्था

मंगलवार, फाल्गुण ६ २०८१०७:५९
मंगलवार, फाल्गुण ६ २०८१०७:५९
  • images

    काठमाडौँ । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा एक विमान पल्टिएको छ । विमान अवतरण गर्ने समयमा उक्त दुर्घटना भएको हो । 

    अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार द डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार दिउँसो २ः४५ बजे अवतरण गर्ने क्रममा पल्टिएको थियो । विमानमा ८० जना सवार थिए ।

    चिकित्सा सहायतामा संलग्न टोलीका अनुसार यस घटनामा १५ जना घाइते भएका छन्, जसमध्ये तीनजनाको अवस्था गम्भीर छ । घाइतेहरूमा एक बालक पनि छन् ।  

    सबै यात्रुलाई विमानबाट बाहिर निकालिएको थियो । विमान पल्टिनुको कारण अझै थाहा हुन सकेको छैन । बीबीसी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend