२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • कर्मचारी कुट्ने वडाअध्यक्षले मागे माफि, बिहीबारदेखि...

कर्मचारी कुट्ने वडाअध्यक्षले मागे माफि, बिहीबारदेखि नियमित कार्यसञ्चालन हुने

कर्मचारी कुट्ने वडाअध्यक्षले मागे माफि, बिहीबारदेखि नियमित कार्यसञ्चालन हुने

बिहिवार, फाल्गुण ८ २०८१०८:३४
बिहिवार, फाल्गुण ८ २०८१०८:३४
  • images

    काठमाडौँ । कार्यपालिका बैठकमै कर्मचारीमाथि हातपात गरेका वडाअध्यक्षले माफि मागेका छन् । गत सोमबार रुपन्देहीको रोहिणी गाउँपालिकाका कार्यपालिका बैठकमै २ नम्बरका वडाअध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेमाथि  हातपात गरेका थिए ।

    वडाध्यक्षले माफी मागपछि रुपन्देहीको रोहिणी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच उत्पन्न विवाद साम्य भएको छ । जिल्ला प्रशासन कार्यालयमा जनप्रतिनिधि र कर्मचारीबीचको छलफलमा वडानम्बर २ का वडाअध्यक्ष करम हुसेन खानले माफी मागेपछि विवाद मिलेको हो ।

    पालिकाको शिक्षा समिति कार्यकाल पूरा नहुँदै आफूहरुलाई जानकारी नदिई पुनर्गठन गरेको भन्दै वडाअध्यक्ष खान गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मधुप्रसाद घिमिरेसँग पहिल्यैदेखि रुष्ट थिए । २०८१ फागुन ५ गते गाउँ कार्यपालिका बैठकमा घिमिरेले बोल्ने क्रममा विवाद उत्पन्न भई दुवै पक्ष हात हालाहालमा उत्रिएका थिए । घटनापछि दुवै पक्षले एक अर्कालाई दोष दिंदै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।

    जिल्ला प्रशासन कार्यालयमा बुधबार भएको छलफलमा वडाअध्यक्ष खानले घिमिरेमाथि हातपात, कुटपिट तथा गालीगलौज गरेकोमा आत्मालोचना गर्दै आगामी दिनमा गैरकानूनी कार्य नगर्ने भन्दै माफी मागेपछि सहमति जुटेको हो ।

    उक्त सहमतिसँगै कर्मचारीहरुले पालिकामा गरेको हड्ताल अन्त्य भएको र आज बिहीबारदेखि कामकाज पूर्ववत सुरु हुने रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेशकुमार चौधरीले बताए ।

    कार्यपालिका बैठकमै वडाअध्यक्षले गरे कर्मचारी माथि हातपात कार्यपालिका बैठकमै वडाअध्यक्षले गरे कर्मचारी माथि हातपात

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend