२०८३, आश्विन २० गते

images
  • विश्व
  • हवामै २ साना जहाज ठोकिए,...

हवामै २ साना जहाज ठोकिए, २ जनाको मृत्यु

हवामै २ साना जहाज ठोकिए, २ जनाको मृत्यु

बिहिवार, फाल्गुण ८ २०८११०:१६
बिहिवार, फाल्गुण ८ २०८११०:१६
  • images

    काठमाडौँ । अमेरिकाको एरिजोना विमानस्थलमा हावामै दुई साना विमानहरू ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

    अमेरिकाको  राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रारम्भिक जानकारी अनुसार टक्सनको उत्तरपश्चिममा रहेको माराना क्षेत्रीय विमानस्थल नजिकै स्थानीय समयअनुसार बुधबार बिहान ८:२८ मा दुर्घटना भएको हो।

    जे सेस्ना १७२एस र ल्यान्केयर ३६० एमके विमान ठोक्किएका थिए। विमानस्थलको दुई रनवेमध्ये एक रनवे १२ माथि फिक्स्ड-विङ सिंगल-इन्जिन विमान ठोक्किएका हुन्। 

    माराना प्रहरी विभागले घटनाबाट दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ। दुबै विमानमा दुईर दुई जना रहेको जनाइएको छ।   
    दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ।  

    अमेरिकामा पछिल्लो समय धेरै विमान दुर्घटना भइरहेको छ। यसअघि टोरन्टोमा अवतरण गर्ने क्रममा डेल्टा जेट पल्टिएको थियो। उक्त जहाजमा रहेका सबै ८० जनालाई बचाइएको थियो।

    त्यसअघि अलास्कामा विमान दुर्घटना भएको थियो। जनवरीको अन्त्यतिर वाशिंगटन डीसीमा अमेरिकन एयरलाइन्सको यात्रुवाहक विमान र सैन्य हेलिकप्टर ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend