काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलनेट इन्टर्नेटको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै पोखरा महानगरपालिका ८ सिमलचौर रहने गरी २०७१ साल फागुन १ मा प्रदान गरिएको इन्टर्नेट (इमेल सहित) को अनुमतिपत्र खारेज गरिएको जनाएको हो ।
टेलनेट इन्टर्नेटले तोकिएको समयभित्र लाइसेन्स नवीकरणका लागि आवेदन नदिएपछि लाइसेन्स नै खारेजी गरिएको हो । ‘प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम फागुन १ गतेदेखि स्वत रद्द भएको हो’, प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।
प्राधिकरणले लाइसेन्स खारेजी गर्दै बाँकी रहेको बक्यौता रकम ३० दिनभित्र भुक्तानी गर्न समेत सम्बन्धीत कम्पनीलाई निर्देशन दिएको छ ।

