२०८३, आश्विन १९ गते

images
  • समाचार
  • बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी सुरक्षित छन्ः...

बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी सुरक्षित छन्ः परराष्ट्र

बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी सुरक्षित छन्ः परराष्ट्र

शुक्रवार, श्रावण ४ २०८१०८:४७
शुक्रवार, श्रावण ४ २०८१०८:४७
  • images

    काठमाडौं । सरकारले बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरू सुरक्षित रहेको तथा उनीहरूको थप सहजताका लागि निरन्तर प्रयास भइरहेको जनाएको हो । 

    ‘बंगलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ,’ विज्ञप्तिमा भनिएको छ,‘हालसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकास्थित नेपाली राजदूतावास समेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको तथा उहाँहरूको थप सहजताका लागि निरन्तर प्रयत्न भइरहेको छ ।’

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend