२०८३, आश्विन १९ गते

images
  • समाचार
  • पूर्व सचिवलाई पछि पार्दै बीमा प्राधिकरणको...

पूर्व सचिवलाई पछि पार्दै बीमा प्राधिकरणको अध्यक्ष बने शरद ओझा

पूर्व सचिवलाई पछि पार्दै बीमा प्राधिकरणको अध्यक्ष बने शरद ओझा

सोमवार, फाल्गुण १२ २०८१०९:४२
सोमवार, फाल्गुण १२ २०८१०९:४२
  • images

    काठमाडौँ । बीमा कम्पनीहरूको नियामक निकाय बीमा प्राधिकरण अध्यक्षमा पत्रकार शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई अध्यक्ष नियुक्त गरेको हो ।

    पूर्व सचिवलाई पछि पार्दै प्राधिकरणको अध्यक्षमा सरकारले पत्रकार ओझालाई नियुक्त गरेको हो । 

    स्नातकोत्तर अध्ययन गरेका ओझा पछिल्लो समय अध्यापन पेसामा संलग्न रहँदै आएका थिए । अध्यक्षका लागि गठित सिफारिस समितिले ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको नाम पठाएको थियो ।

    यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध २४ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका थिए । उनी निलम्बन भएपछि प्राधिकरण अध्यक्ष पद रिक्त थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend