२०८३, आश्विन २० गते

images
  • समाचार
  • निर्माणस्थल दुर्घटना: दुई चिनियाँसहित चारको मृत्यु,...

निर्माणस्थल दुर्घटना: दुई चिनियाँसहित चारको मृत्यु, हुन्डाई इञ्जिनियरिङको माफी

निर्माणस्थल दुर्घटना: दुई चिनियाँसहित चारको मृत्यु, हुन्डाई इञ्जिनियरिङको माफी

सीएनएन खबर
मंगलवार, फाल्गुण १३ २०८१०४:०६
सीएनएन खबर
मंगलवार, फाल्गुण १३ २०८१०४:०६
  • images

    काठमाडौं । दक्षिण कोरियाको एक द्रुतमार्ग निर्माणस्थलमा मङ्गलबार पुल भत्किँदा दुई चिनियाँ नागरिकसहित चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमले पुलको एउटा भाग भत्किएको र धुलोको मुस्लो उडिरहेको नाटकीय फुटेज प्रसारण गरेका छन् ।


    घटनामा चार जनाको मृत्यु भएको, पाँच जना गम्भीर घाइते भएको र एक जना सामान्य घाइते भएको नेसनल फायर एजेन्सीले जनाएको छ । मृत्यु हुनेमा दुई जना चिनियाँ र दुई जना दक्षिण कोरियाली नागरिक रहेको गृह मन्त्रालयका एक अधिकारीले भने । 
    दक्षिण कोरियाको राजधानीबाट करिब ६५ किलोमिटर दक्षिणमा पर्ने एन्सियोङमा स्थानीय समयअनुसार बिहान ९ः५० बजे सो घटना भएको हो । नेसनल फायर एजेन्सीका प्रवक्ताले भने, ‘घाइते भएका सबैको अहिले अस्पतालमा उपचार भइरहेको छ ।’


    नेसनल फायर एजेन्सीले सुरुमा नजिकैको चिओनान शहरमा आगलागी भएको बताएको थियो तर पछि उक्त दाबीलाई सच्याएको थियो । निर्माणस्थलको मुख्य ठेकेदार हुन्डाई इञ्जिनियरिङले माफी माग्दै अधिकारीहरूलाई अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो निर्माणस्थलमा भएको दुर्घटनामा परी आफ्नो अमूल्य जीवन गुमाएका र घाइते भएकाहरूप्रति क्षमायाचना गर्दछौँ घटनाका लागि हामी नतमस्तक छौँ ।‘ 


    ‘हामीले निर्माणस्थलमा शीघ्र समाधान सुनिश्चित गर्न र दुर्घटनाको कारण पहिचान गर्न सम्बन्धित अधिकारीहरूसँग सक्रिय रूपमा सहयोग गरिरहेका छौँ,’ कम्पनीले भनेको छ । कार्यवाहक राष्ट्रपति चोइ साङ–मोकले उद्धारकार्यका लागि उपलब्ध सबै स्रोत साधन र जनशक्ति परिचालन गर्न तत्काल निर्देशन दिए । दक्षिण कोरियामा सन् २०२० देखि २०२३ सम्ममा आठ हजारभन्दा बढीको मृत्यु कार्यस्थलमा दुर्घटनाका कारण भएको सियोलको श्रम मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend