२०८३, आश्विन १९ गते

images
  • समाचार
  • घट्यो सुन र चाँदीको मूल्य, कतिमा...

घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सीएनएन खबर
आइतवार, श्रावण ६ २०८१११:३९
सीएनएन खबर
आइतवार, श्रावण ६ २०८१११:३९
  • images

    काठमाडौँ । सुनको मूल्य आज प्रतितोला एक हजार तीन सय रुपैयाँले घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला एक लाख ४७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ४६ हजार दुई सय रुपैयाँ निर्धारण भएको हो । 

    त्यस्तै शुक्रबार प्रतितोला एक लाख ४६ हजार आठ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख ४५ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । 

    चाँदीको मूल्य भने आज प्रतितोला २० रुपैयाँ ले घटेको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय १० रुपैयाँ निर्धारण भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend