२०८३, आश्विन २० गते

images
  • विश्व
  • अस्ट्रेलियामा समुद्री आँधीका कारण हजारौँ घर...

अस्ट्रेलियामा समुद्री आँधीका कारण हजारौँ घर अन्धकारमा, केही सैनिक घाइते

अस्ट्रेलियामा समुद्री आँधीका कारण हजारौँ घर अन्धकारमा, केही सैनिक घाइते

शनिवार, फाल्गुण २४ २०८११०:११
शनिवार, फाल्गुण २४ २०८११०:११
  • images

    समुद्री आँधीले निम्त्याएको उच्च वर्षाका कारण अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा केही व्यक्ति हताहत भएका र उक्त आँधीका कारण तीन लाख ३० हजारभन्दा धेरै घरधुरी बिद्युत् विहीन भएका छन् । अल्फ्रेड नाम दिइएको उक्त आँधीका कारण एक जनाको मृत्यु भएको र र उद्धारका लागि खटिएका १३ सैनिक घाइते भएका अस्ट्रेलियाली अधिकारीहरूले जनाएका छन् । आँधी मत्थर भएर अहिले वर्षामा परिणत भएको छ। तर आँधीको प्रभाव जमिनमा आइपुग्न बाँकी रहेको कारण स्थानीय प्रशासनले यसको खतरा अझै ‘नटरेको’ बताएका छन्।

    उक्त आँधी जमिनमा अवतरण हुनअघि नै रूख र बिजुलीका प्रसारण लाइनहरू ढालेका थिए। होचा क्षेत्रमा सडकहरू डुबानमा परेका छन्। प्रहरीले एक जना ६१ वर्षका पुरुषको शब बाढीमा भेटिएको बताएको छ। ती व्यक्ति बाढीमा कार बगेर हराइरहेका पुरुष भएको अनुमान गरिएको छ ।

    उद्धारका लागि गइरहेका सैनिकहरू सवार एउटा ट्रक चिप्लिएर पल्टिएको र अर्को ट्रक त्यही पल्टिएको ट्रकमा गएर ठोक्किँदा १३ जना सैनिक घाइते भएको अधिकारीहरूले बताएका छन्।

    alfrad 1.webp

    अल्फ्रेड आँधीले नेपालीहरूको समेत उल्लेख्य बसोबास रहेको ब्रिसबेनमा असर पु¥याउने पूर्वानुमान गरिएका छन्। शनिवारबाट आँधीको प्रभाव त्यसभन्दा भित्री क्षेत्रहरूमा पर्ने आँकलन गरिएको छ।

    आँधीको बाटोमा पर्ने स्थानहरूबाट दशौँ हजार मानिसहरूलाई उद्धार गरेर अन्यत्रै सारिएको छ। बाँकी मानिसहरूलाई पनि घर बाहिर ननिस्कन भनिएको छ। क्विन्स्ल्यान्ड र उत्तरी न्यू साउथ वेल्सका करिब ४० लाख मानिसहरू आँधीको जोखिममा छन्। दुवै क्षेत्रमा मौसमका दर्जनौँ चेतावनीहरू जारी गरिएका छन्। ऊर्जा वितरक कम्पनी इनर्जेक्सले उत्तरपूर्वी क्विन्स्ल्यान्ड क्षेत्रमा दुई लाख ८७ हजार उपभोक्ताहरू बिजुलीविहीन भएको बताएको छ।

    अर्को कम्पनी इसेन्सिअल इनर्जीले न्यू साउथ वेल्सका ४२००० घरहरूमा बिजुली बन्द भएको बताएको छ। क्विन्सल्यान्डको राजधानी ब्रिसबेनका बासिन्दा शुक्रवार राती ठूलो आँधी र वर्षाको त्रासबीच सुतेका थिए। शनिवार बिहान मात्रै उनीहरूले आँधी कमजोर भएको थाहा पाए।

    अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनेजीले गोल्ड कोस्ट भनिने तटीय क्षेत्रमा ‘सबैभन्दा खराब अवस्था आउन बाँकी नै रहेको’ भन्दै सुरक्षाका सम्भावित सबै उपाय अवलम्बन गर्न नागरिक र उद्धारकर्ताहरूलाई निर्देशन दिएका छन् । केही दिनयता खराब मौसमी अवस्था सामना गरिरहेको उक्त क्षेत्रमा अझै पनि अवस्था चरम रहेको बताइएको छ। उक्त क्षेत्रमा मुसलधारे वर्षा र तीव्र गतिको हुरी चलिरहेको छ।बिजुलीका प्रसारण लाइनहरू ढलेका छन् र सयौँ रूखहरू बगैँचा, पार्क र मुख्य सडकहरूमा ढलेका छन्। उक्त क्षेत्रमा ठूलो मात्रामा भग्नावशेषहरू देखिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend