२०८३, आश्विन १९ गते

images
  • समाचार
  • नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारी आन्दोलित, गरे...

नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारी आन्दोलित, गरे देशभरका कार्यालयमा तालाबन्दी

नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारी आन्दोलित, गरे देशभरका कार्यालयमा तालाबन्दी

सीएनएन खबर
सोमवार, श्रावण ७ २०८१०८:४४
सीएनएन खबर
सोमवार, श्रावण ७ २०८१०८:४४
  • images

    काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्थाका कर्मचारीहरू आन्दोलित बनेका छन् । संस्थाले फिल्डका कर्मचारीको घटुवाको भन्दै उनीहरु आन्दोलित बनेका हुन् । 

    आन्दोलन स्वरुप कर्मचारीहरुले देशभर रहेका शाखा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । 

    आफूहरूको मनोबल खस्किने गरी पद घटुवा गरेपछि कर्मचारीहरू आन्दोलित बनेका हुन् । लघुवित्तमा कार्यरत फिल्ड कर्मचारीहरूले संस्थालाई उचाइको शिखरसम्म पूर्याएर बलियो बनाएका छन् । तर, आफूहरूले गरेको योगदान र खेलेको भूमिकालाई बेवास्ता गर्दै पद घटुवा गराएको उनीहरूको भनाइ छ ।

    साविक नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्त मर्जपश्चात् साविक मिर्मिरे लघुवित्तमा कनिष्ठ सहायक (ख) पदमा कार्यरत कर्मचारीलाई कनिष्ठ सहायकमा बढुवा गर्ने सहमति थियो । तर, मर्जरपश्चात् केन्द व्यवस्थापक पद सिर्जना गरी कार्यालय सहयोगी भन्दा पनि तल्लो दर्जामा राखेको महसुस भएको उनीहरूले बताएका छन् र

    त्यसैले केन्द्र व्यवस्थापक पद खारेज गरी कनिष्ठ सहायकमा बढुवा गर्नुपर्ने मागसहित देशभरिका शाखामा तालाबन्दी गरेका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend