२०८३, आश्विन १९ गते

images

सर्लाही स्थित घरमै पूर्वराज्यमन्त्री रायको हत्या

सर्लाही स्थित घरमै पूर्वराज्यमन्त्री रायको हत्या

सीएनएन खबर
सोमवार, श्रावण ७ २०८१०८:५५
सीएनएन खबर
सोमवार, श्रावण ७ २०८१०८:५५
  • images

    काठमाडौँ । पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीस्थित चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा उनको हत्या भएको हो ।

    अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । ८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।

    रायको हत्या भएको थाहा पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend