२०८३, आश्विन २१ गते

images

बारा चुरियामाई मन्दिर नजिक बस दुर्घटना(भिडियोसहित)

बारा चुरियामाई मन्दिर नजिक बस दुर्घटना(भिडियोसहित)

बुधवार, फाल्गुण २८ २०८१११:१८
बुधवार, फाल्गुण २८ २०८१११:१८
  • images

    काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको चुरियामाई मन्दिर नजिक बस दुर्घटना भएको छ ।

    चितवनको नारायणगढबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेको बा ५ ख ४०७३ नम्बरको यात्रुबाहक बस स्कुटरसँग ठोक्किएर सडकको नालीमा खसेको छ ।

    बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितका अनुसार बसका यात्रुहरु सकुशल छन् भने स्कुटर चालक घाइते छन् । उनलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

    दुर्घटनाको जानकारी पाएलगत्तै अमलेखगञ्जबाट बरिष्ठ सई टेकबहादुर कार्की नेतृत्वको प्रहरी टोली खटिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend