२०८३, आश्विन २१ गते

images

ग्लोबल आईएमई बैंकबाट वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने शुल्कको अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

ग्लोबल आईएमई बैंकबाट वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने शुल्कको अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

बुधवार, फाल्गुण २८ २०८१०९:४१
बुधवार, फाल्गुण २८ २०८१०९:४१
  • images

    काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने विभिन्न शुल्कहरुको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ। 

    बैंकले सार्वजनिक गरेको योजना अनुसार नेपाली विद्यार्थीहरुले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुको शैक्षिक शुल्क, बीमा शुल्कलगायत विभिन्न भाषा परीक्षा (आईईएलटीएस, टीओईएफएल, एसएटी, जीएमएटी, पीटीई, एसीटी, एसीसीए, यूएसएमएलई) को शुल्क अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्राप्त गर्नेछन्।

    यो योजना अगस्ट ३१, २०२५ सम्म लागु हुने बैंकले जनाएको छ। अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवामा सेवाग्राहीहरुले भुक्तानीको लागि आवश्यक पर्ने सम्पूर्ण कागजजात पूरा गरेपश्चात् बैंकले रकम भुक्तानीको लागि लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने छ।

    मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको ग्लोबल आईएमई बैंकले आफ्ना ३ सय ५५ शाखा कार्यालय, ३ सय ८५ एटीएम, २ सय ३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैबैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा  पनि दिँदै आएको छ।

    बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend