२०८३, आश्विन १९ गते

images

झन्– झन् बढ्दै छ अपराधका घटना

झन्– झन् बढ्दै छ अपराधका घटना

सोमवार, श्रावण ७ २०८१०३:१३
सोमवार, श्रावण ७ २०८१०३:१३
  • images

    काठमाडौं । नेपाल प्रहरीको तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष अपराधका घटना बढ्दै गएको देखाएको छ । नेपाल प्रहरीका अनुसार पछिल्लो चार आर्थिक वर्षको तथ्यांकले अपराधको संख्या बर्सेनी बढ्दै गएको देखिएको हो । 

    आर्थिक वर्ष २०७७/७८ मा देशभर विभिन्न प्रकृतिका ४० हजार एक सय २० अपराधिक घटनाको मुद्धा दर्ता भएकामा गत आव २०८०/८१ सम्म आइपुग्दा त्यो सङ्ख्या बढेर ५९ हजार दुई सय तीन पुगेको छ । आव २०७८/७९ मा ४६ हजार नौ सय दुई र आव २०७९/८० मा ५६ हजार तीन सय २३ मुद्धा प्रहरीमा दर्ता भएका छन्।

    अघिल्लो आवको तुलनामा गत आवमा पाँच दशमलव ११ प्रतिशतले मुद्धा दर्ता वृद्धि भएको छ।  गत वर्ष सबैभन्दा बढी काठमाडौं उपत्यकामा १७ हजार ४५ मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ। पछिल्लो समय सबैभन्दा धेरै आर्थिक अपराध देखिएको छ। चेक अनादरको मुद्धा बढी मात्रामा दर्ता भएका छन्। काठमाडौं उपत्यकामा आर्थिक गतिविधि केन्द्रित हुँदा आर्थिक अपराधको घटना बढेको प्रहरीको भनाइ छ।

    मधेशमा नौ हजार छ सय २०, कोशीमा नौ हजार तीन सय ७८, लुम्बिनीमा सात हजार छ सय ४४, बागमतीमा पाँच हजार एक सय ९७, गण्डकीमा चार हजार छ सय ९८, सुदूरपश्चिममा तीन हजार छ सय एक र कर्णालीमा दुई हजार २० वटा आपराधिक घटनाको मुद्दा दर्ता भएका छन्।

    गत वर्ष सबैभन्दा बढी १३ हजार दुई सय ६३ बैङ्किङ कसुरसम्बन्धी मुद्दा दर्ता भएका प्रहरीको तथ्याङ्क छ। सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकतासम्बन्धी १० हजार सात सय ५६, आत्महत्या सात हजार एक सय ९४, लागुऔषध चार हजार तीन सय ९८, चोरी तीन हजार सात सय ५८, जबरजस्ती करणी दुई हजार पाँच सय सात, ठगी एक हजार आठ सय ७४, सवारी ज्यान एक हजार सात सय ७५ र ज्यान मार्ने उद्योगसम्बन्धी एक हजार १९ वटा मुद्धा दर्ता भएका छन्।
    पछिल्लो समय प्रविधिको विकासँगै अपराधको स्वरुप पनि बदलिएको प्रहरीको भनाइ छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend