२०८३, आश्विन २० गते

images
  • समाचार
  • तिनकुनेमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दियो, एकको...

तिनकुनेमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दियो, एकको मृत्यु, १ घाइते

तिनकुनेमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दियो, एकको मृत्यु, १ घाइते

शनिवार, चैत्र २ २०८१०९:१४
शनिवार, चैत्र २ २०८१०९:१४
  • images

    काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि आज बिहान भएको मोटरसाइकल दुर्घनामा एक जनाको मृत्यु भएको छ । 

    बिहाना ४ः३० बजे  प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ट्रिपरले ठक्कर दिंँदा मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका ११ घर भई ललितपुर धापाखेल बस्ने वर्ष २६ का सुकराम तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

    उपचारका क्रममा बिहान ५ः३० बजे ट्रमा सेन्टरमा उनको मृत्यु भएको हो ।

    उपरीक्षक बोहराका अनुसार ट्रिपर गौशालातर्फ फरार भएकोमा खोजतलासका क्रममा रा १ ख २६२२ नम्बरको ट्रिपर विमानस्थलको कार्गोभित्र फेला पारी नियन्त्रणमा लिएको तर चालक फरार रहेका छन् । 

    सो दुर्घटनामा मोटरसाइकलमै सवार काभ्रे बेथानचोकका रमेश तामाङ घाइते भएको र उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend