२०८३, आश्विन १९ गते

images
  • समाचार
  • हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच...

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच सम्झौता

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच सम्झौता

सीएनएन खबर
मंगलवार, चैत्र ५ २०८१०९:३९
सीएनएन खबर
मंगलवार, चैत्र ५ २०८१०९:३९
  • images

    काठमाडौं । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा  सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोषबीच वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सहज रुपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्ने सेवा प्रदान गर्न सम्झौता भएको छ । 

    बैंक तथा कोषबीच भएको यस सम्झौता अनुसार योगदानकर्ताहरुले हिमालयन बैंकमा खाता खोली यस बैंकले प्रदान गर्दै आएको हिमालरेमिट, मोबाइल बैंकिङ वा कार्ड मार्फत सहज रुपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ ।   यसरी योगदानकर्ताहरुले योगदान गरेको रकम सोही दिन कोषको उक्त खातामा जम्मा हुने व्यवस्था गरिएको छ । 

    यस सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उज्जल राजभण्डारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले बैंक तथा कोषका अन्य कर्मचारीहरुको उपस्थितिमा हस्ताक्षर गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend