२०८३, आश्विन १९ गते

images
  • समाचार
  • सिमलताल दुर्घटना : एउटा शव सो...

सिमलताल दुर्घटना : एउटा शव सो दुर्घटनाको नभएको पुष्टि, हालसम्म २४ शव फेला

सिमलताल दुर्घटना : एउटा शव सो दुर्घटनाको नभएको पुष्टि, हालसम्म २४ शव फेला

मंगलवार, श्रावण ८ २०८१०१:०५
मंगलवार, श्रावण ८ २०८१०१:०५
  • images

    काठमाडौं । सिमलतालको पहिरोमा परी त्रिशुलीमा बेपत्ता भएका दुई वटा बसका यात्रुको भएको भनिएको एउटा शव उक्त दुर्घटनाको नभएको पुष्टि भएको छ ।

    सशस्त्र प्रहरीका अनुसार ४ साउन दिउँसो करिब साढे ३ बजेतिर भेटिएको एउटा शव उक्त घटनाको नभएको पुष्टि भएको हो । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १ केउरिनी भन्ने स्थानमा नारायणी नदीको किनारमा एक महिलाको शव भेटिएको थियो । उक्त शव सिमलताल पहिरोमा परी त्रिशुलीमा बेपत्ता भएका यात्रुको शव रहेको आशंका गरिएको थियो ।

    तर, उनको परिवारले उक्त शवको सनाखत गरेसँगै उक्त शव उक्त दुर्घटनाको नभएको खुलेको हो । उक्त शव पाल्पाको रामपुर नगरपालिका १ ठूलोबेसीकी ५२ वर्षीया मायादेवी विकको भएको पुष्टि भएको छ । कालिगण्डकी नदीबाट २ साउनमा बेपत्ता भएकी उनको शव मृतकका छोरा रामबहादुर विकले सनाखत गरेका हुन् ।

    यससँगै उक्त दुर्घटनामा परी बेपत्ता भएका ६२ जनामध्ये हालसम्म २४ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । त्यसमध्ये ५ जना पुरुषको शवको सनाखत हुन बाँकी छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend