२०८३, आश्विन २१ गते

images

अब घरघरमै लोडसेडिङ हुन सक्छः उर्जामन्त्री

अब घरघरमै लोडसेडिङ हुन सक्छः उर्जामन्त्री

बुधवार, चैत्र ६ २०८१०५:४६
बुधवार, चैत्र ६ २०८१०५:४६
  • images

    काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाईमन्त्री दिपक खड्काले अहिले पनि लोडसेडिङ हुने जोखिम रहेको बताएका छन् ।

    बुधबार राष्ट्रियसभामा सांसदहरुले उठाएको सवालबारे जवाफ दिँदै मन्त्री खड्काले अब घरघरमै लोडसेडिङ हुनसक्ने बताए ।

    त्यस्तै उनले विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङमाथि कटाक्ष गरेका छन् । महालेखाको प्रतिवेदनले नै विद्युत प्राधिकरण घाटामा रहेको देखाएको भन्दै प्राधिकार र घिसिङले आफूहरु नाफामा रहेको देखाएको भन्दै कटाक्ष गरे । साथै भारतबाट विद्युत आयात गरेको कारणले नेपालमा लोडसेडिङ अन्त्य भएको बताउँदै त्यसको जस भारतलाई दिनुपर्नेमा जोड दिए ।

    ‘अहिले ८३० मेगावाट विधुत भारतबाट आयात भइराखेको छ । हामीसँग पुग नपुग एक हजार मेगावाट विद्युत छ । अब साँझमा लोडसेडिङ घरमै पनि हुने अवस्था छ,’ उनले भने ।

    त्यस्तै अहिले पनि रातिको समयमा उद्योग धन्दालाई चाहिए जति विद्युत दिन नसकेको बताए ।

    त्यस्तै नेपालमा लोडसेडिङ छैन भनेर घोषणा गर्दा पनि लोडसेडिङ रहेको दाबी गरे । नेपालका लागि प्रयाप्त विद्युत नभएको भन्दै उनले भने, ‘अहिले हामीलाई बत्ति पुग्या छैन, लोडसेडिङ छ । हिजो पनि थियो, आज पनि छ । हामीले लोडसेडिङ छैन भनेर घोषणा गर्दैगर्दा पनि लोडसेडिङ थियो । म दाबीका साथ भन्न सक्छु ।’

    प्राधिकरणले घरमा विद्युत दिएर उद्योग धन्दातिर कटौती गर्ने काम गरेको आरोप लगाए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend