२०८३, आश्विन १९ गते

images
  • समाचार
  • पूर्वराज्यमन्त्री राय हत्या प्रकरणः सीआईबीले अनुसन्धान...

पूर्वराज्यमन्त्री राय हत्या प्रकरणः सीआईबीले अनुसन्धान गर्दै

पूर्वराज्यमन्त्री राय हत्या प्रकरणः सीआईबीले अनुसन्धान गर्दै

मंगलवार, श्रावण ८ २०८१०३:३९
मंगलवार, श्रावण ८ २०८१०३:३९
  • images

    काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले अनुसन्धानका लागि सीआईबीको टोली सर्लाही पुगेको जानकारी दिए।

    उनका अनुसार अहिले सीआईबीको उच्च अधिकारीहरूले सो घटनाको अनुसन्धान गरिरहेको छ। उनको टाउकोको बायाँतिरको भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको उनले बताए।

    रायको घरबाट २५ मिटर टाढा बासको झ्याङमा धारिलो हतियार फेला पारेको पनि उनले बताए। रायको घरमा काम गर्ने रामदेव रायलाई पनि प्रहरी नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको उनले जानकारी दिए। गएको आइतबार राति सर्लाहीस्थित घरमा रायको हत्या गरिएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend