काठमाडौँ । काठमाडौँको सिनामंगलमा सञ्चालित हार्दिक आईभिएफ सेन्टरले नयाँ वर्ष २०८२ को अफर सार्वजनिक गरेको छ । कम्पनीले एक विज्ञप्ती जारी गर्दै नयाँ वर्षको अफर अन्तरगत निशुुल्क आई युु आई सेवा सञ्चालन गर्नेछ ।
यही चैत १० गते अर्थात आएतबारदेखि बैशाख ३१ गतेसम्म कम्पनीले नयाँ वर्षको अफर अन्तरगत निशुल्क आई.यु.आई सेवा सन्चालन गर्नै जनाएको हो । उक्त सेवा कम्पनीको सिनामंगलस्थित कार्यालयमा आई.भि.एफ सेन्टर क्रिस्टल कम्प्लेक्समा सञ्चालन हुनेछ । आई.यु.आई सेवा लिन चाहनेले ०१५९१७९८२ वा ९८०२३५२८११ ÷ ९७०९१३९१८० मा फोन गरी नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । अग्रिम नाम दर्ता गराउने लाई मात्र यो निशुल्क सेवा उपलब्ध गराईनेछ ।
आर्थिक समस्याका कारण उपचार नपाएर सन्तान सुखबाट बञ्चित दम्पतीलाई लक्षित गरी निशुल्क आई.यु.आई सेवा गर्न लागिएको हो । बाँझोपनको उपचारबारे जनचेतना फैलाउनु र निःसन्तान दम्पतीका समाजिक र मानसिक समस्यासमेत निराकरण गरी आशाका किरण जगाउन हार्दिक आई.भि.एफ सेन्टर सिनामंगलले यो अभियान सुरु गरेको हो ।
बाँझोपनको उपचारका लागि आई.यु.आई (इन्ट्रायुटेरिन इन्सेमिनेसन) प्रभावकारी उपचार प्रद्धति हो । यो पद्धतिमा विशेष विधिबाट तयार पारिएका शुक्रकीटलाई महिलाको पाठेघरभित्र राखिने भएकाले गर्भधारणको सम्भावना धेरै रहन्छ । पुरुषमा शुक्रकिटको संख्यामा कमी भएमा वा कमजोरी भएमा, अस्पष्ट बाँझोपनकोस समस्या भएमा र महिलाको प्रजनन समस्या भएमा आई.यु.आर्ई उपचार पद्धति प्रभावकारी मानिन्छ ।
नेपालमा आई.यु.आइ उपचारको औसत खर्च १५ देखि २० हजार रुपैयाँसम्म पर्ने भए पनि हार्दिक आई.भि.एफ सेन्टर सिनामंगलले निशुल्क गर्न लागेको हो । आई.यु.आई उपचार गर्दा गर्भधारणको सफलता दर २० देखि २५ प्रतिशतसम्म रहने बिश्वास छ ।
शिविरमा हार्दिक आईभीएफका अनुभवी डाक्टरहरूले निशुल्क परामर्श र प्रारम्भिक स्वास्थ्य परीक्षण गरी आई.यु.आई उपचार प्रदान गर्ने कम्पनीले जनाएको छ ।