२०८३, आश्विन १९ गते

images
  • समाचार
  • १ लाख घुस सहित फुङलिङ नगरपालिकाका...

१ लाख घुस सहित फुङलिङ नगरपालिकाका इन्जिनियर अख्तियारको  नियन्त्रणमा

१ लाख घुस सहित फुङलिङ नगरपालिकाका इन्जिनियर अख्तियारको  नियन्त्रणमा

सीएनएन खबर
मंगलवार, श्रावण ८ २०८१०४:१६
सीएनएन खबर
मंगलवार, श्रावण ८ २०८१०४:१६
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियरलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ । खेलकुद मैदान निर्माण कार्यमा पालिकाका अधिकृत मो.अख्तर हुसैनले सेवाग्राहीसाग घुस माग गरेको सूचनाका आधारमा इटहरीबाट खटिएको अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । 

    सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिसकेको अवस्थामा नियन्त्रणमा लिईएको अख्तियारले जारी गरेको विज्ञप्तीमा भनिएको छ । 

    उनले खेलमैदान निर्माण कार्य सम्पन्न पश्चात भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको पुष्टी भएको भन्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

    अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो एक लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय माग गर्दै मुद्दा दायर गरेको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend