२०८३, आश्विन १९ गते

images
  • समाचार
  • मदन पुरस्कार–२०८० का लागि छनोट भएका...

मदन पुरस्कार–२०८० का लागि छनोट भएका ५ पुस्तक सार्वजनिक

मदन पुरस्कार–२०८० का लागि छनोट भएका ५ पुस्तक सार्वजनिक

मंगलवार, श्रावण ८ २०८१०८:५७
मंगलवार, श्रावण ८ २०८१०८:५७
  • images

    काठमाडौं । यसवर्ष (विसं २०८०) को मदन पुरस्कारका लागि ५ वटा पुस्तक छनोटमा परेका छन् । मदन पुरस्कार गुठिलाई प्राप्त भएका ३ सय ४ पुस्तकहरूमध्येबाट ५ वटा पुस्तक छनोटमा परेको मदन पुरस्कार गुठिका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

    दीक्षितले मंगलबार छानिएका पुस्तकहरुको सूची सार्वजनिक गरेका छन् । यी पाँचमध्ये एक पुस्तकले २०८० सालको मदन पुरस्कार प्राप्त गर्नेछ । पुरस्कार आगामी असोजमा वितरण गरिने छ ।

    उत्कृष्ट पाँचमा परेका कृतिमा भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’, मोहन मैनालीको ‘मुकाम रणमैदान’ र रोशन थापा ‘नीरव’को ‘सन्त्रासका साठी दिन’ रहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend