२०८३, आश्विन १९ गते

images
  • समाचार
  • सौर्य एअरलायन्स दुर्घटनाः क्यापटेनको उद्दार, ४...

सौर्य एअरलायन्स दुर्घटनाः क्यापटेनको उद्दार, ४ जनाको शव निकालियो

सौर्य एअरलायन्स दुर्घटनाः क्यापटेनको उद्दार, ४ जनाको शव निकालियो

सीएनएन खबर
बुधवार, श्रावण ९ २०८११२:०८
सीएनएन खबर
बुधवार, श्रावण ९ २०८११२:०८
  • images

    काठमाडौँ । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । एयरलाइन्सको ९ एन–एमई (सीआरजे २००) जहाज बुधबार बिहान ११ बजे दुर्घटनामा परेको हो । 

    काठमाडौँदेखि पोखरा उडानका लागि धावनमार्ग छोड्नासाथ जहाज भुईमा बजारिएको पाइएको छ । उक्त जहाजमा एयरलाइन्सकै प्राविधिक र कर्मचारी सवार रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

    दुर्घटनास्थलबाट सौर्य एअरलायन्सको जहाज दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरिएको छ ।

    उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य रहेका छन् । उनलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

    ४ जनाको शव निकालियो

    उक्त दुर्घटना स्थलबाट अग्नि नियन्त्रकले १२ बजेसम्म ४ जनाको शव निकालेका छन् ।  विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ ।

    विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पु¥याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend