काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएसँगै विमानस्थल बन्द भएको छ । बुधबार बिहान ११ बजे काठमाडौँबाट पोखराका लागि उडान भर्न लागेको जहाज दुर्घटनामा परेसँगै एयरपोर्ट बन्द गरिएको हो ।
उक्त दुर्घटनाको उद्धारका लागि विमानस्थल बन्द गरिएको जनाईएको छ ।
उद्धारको काम नसकिएसम्म विमानस्थल नखुल्ने भएकाले दर्जनौं उडान अवतरण प्रभावित भएका छन् । आन्तरिक जहाजहरुलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ भने अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिएको छ ।

