२०८३, आश्विन १९ गते

images
  • समाचार
  • सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १५ जनाको...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १५ जनाको मृत्यु

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १५ जनाको मृत्यु

सीएनएन खबर
बुधवार, श्रावण ९ २०८१०१:००
सीएनएन खबर
बुधवार, श्रावण ९ २०८१०१:००
  • images

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । एयरलाइन्सको ९ एन–एमई (सीआरजे २००) जहाज बुधबार बिहान ११ बजे दुर्घटनामा परेको थियो ।

    काठमाडौंबाट पोखराका लागि बिहान ११ बजे उडेको विमान १९ जना यात्रु रहेका थिए । उनीहरू सबै सौर्यका कर्मचारी रहेको बताइएको छ ।

    accident1.jpg
    जहाज दुर्घटना

    ४ जनाको उद्दार गरिएको छ । जसमध्ये तीन जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको केएमसीमा उपचार भइरहेको छ ।

    शवहरू शिक्षण अस्पताल महाराजगञ्ज लगिंदै गरिएको प्रहरीले जनाएको छ ।

    काठमाडौँदेखि पोखरा उडानका लागि धावनमार्ग छोड्नासाथ जहाज भुईमा बजारिएको पाइएको छ । उक्त जहाजमा एयरलाइन्सकै प्राविधिक र कर्मचारी सवार रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

    फोटोः नेपाल पुलिस

    accident2.jpg

    accident.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend