काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । दिउँसो १ बजेदेखि विमानस्थल नियमित सञ्चालनमा आएको विमानस्थलले जनाएको छ ।
बुधबार बिहान ११ बजे काठमाडौंबाट पोखरा उड्न लागेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । उक्त जहाज दुर्घटनामा परेसँगै त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल कार्यालय बन्द भएको थियो ।
उक्त दुर्घटना भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उड्डयनकर्मीका लागि जारी गरिने सूचना (नोटाम) १२ः४५ बजेसम्म जारी गरेको थियो ।
नोटामका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने र अवतरण गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका थिए ।
जसका कारण मलेसियाको क्वालालुम्पुरबाट आएको मलेसिया एयरलाइन्सको जहाज डाइभर्ट गरिएको थियो । यो समयमा अवतरण तालिका पाएका कतिपय विमानलाई होल्ड गरिएको थियो ।

