२०८३, आश्विन १९ गते

images
  • समाचार
  • विमान दुर्घटनाः १८ जनाकै शव शिक्षण...

विमान दुर्घटनाः १८ जनाकै शव शिक्षण अस्पतालमा, आर्टीफीकेशन प्रणालीबाट शव पोस्टमार्टम गरिने

विमान दुर्घटनाः १८ जनाकै शव शिक्षण अस्पतालमा, आर्टीफीकेशन प्रणालीबाट शव पोस्टमार्टम गरिने

बुधवार, श्रावण ९ २०८१०३:३०
बुधवार, श्रावण ९ २०८१०३:३०
  • images

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकोहरू सबै १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ ।

    शिक्षण अस्पतालले सबै शवहरूको पोस्टमार्टम गर्न कम्तिमा तीन दिन लाग्ने जानकारी दिएको छ । सबै प्रक्रिया पुरा गरेर आजै पोस्टमार्टम शुरु गरिने पनि अस्पतालले जनाएको छ ।

    शव आर्टीफीकेशन प्रणालीबाट गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा आर्टीफीकेशन प्रणालीबाट शवको पोस्टमार्टम गर्न लागिएको छ । 

    मृत्युको कारण थाहा भएपनि व्यक्ति पहिचानका लागी आर्टीफीकेशन  र एन्जिमोटम प्रविधिको प्रयोग गरिन्छ । बुधबार बिहान जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना ग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले उल्लेख गरेको छ । 

    दुर्घटनामा  १७ जना पुरुष र एक जना महिलाको मृत्यु भएको छ ।  करिब १० वर्षीय बालकको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा अमित मान महर्जन, सगर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौड्याल, सन्तोष महतो, पुण्य रत्न शाही र ओमानका नागरिक आरिफ रेडा छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend