काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था अहिलेसम्म ’खतरामुक्त’ रहेको छ ।
आँखा र टाउकोमा चोट लागेको अवस्थामा भेटिनुभएका क्याप्टेन शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । पाइलट शाक्यको शरीरमा चोटमात्र देखिएको अवस्था छ ।
विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो भने पाइलट मनिषरत्न शाक्यको मात्र सकुशल उद्धार भएको थियो ।
३५ वर्षीय शाक्य २०७७ माघदेखि सौर्य एयरलाइन्सको सञ्चालन निर्देशक हुन् । फिलिपिन्सबाट पाइलटको प्रारम्भिक तालिम सकेर आएपछि सन् २००९ मा उहाँले नागरिक उड्डयन प्राधिकरणबाट लाइसेन्स पाएका थिए ।
तत्कालीन गुण एयरलाइन्सबाट को–पाइलटका रुपमा काम थाल्नु भएका उनी सौर्य एयरलाइन्समा सन् २०१४ देखि कार्यरत छन् । सन् २०१६ मा तालिमका लागि अमेरिका गएर पाइलटको लाइसेन्स लिएका थिए ।

