२०८३, आश्विन १९ गते

images
  • समाचार
  • विमान दुर्घटनाः शोकमा बिहीबार राष्ट्रिय झण्डा...

विमान दुर्घटनाः शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाइने, जाँचबुझ आयोग गठन

विमान दुर्घटनाः शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाइने, जाँचबुझ आयोग गठन

बुधवार, श्रावण ९ २०८१०८:०२
बुधवार, श्रावण ९ २०८१०८:०२
  • images

    काठमाडौं । सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो। बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट गम्भीर घाइते भएका छन्।

    यस्तै, सरकारले दुर्घटनाको छानविन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। मन्त्रीपरिषद् बैठकले दुर्घटनाको कारण पहिचान गरी आगामि दिनमा यसकिसिमको दुर्घटना हुन नदिन अपनाइनुपर्ने सुझावसहितको प्रतिवेदन ४५ दिनभित्र पेस गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ्ले जानकारी दिए।

    ‘दुर्घटनाको कारण पहिचान गरी आगामि दिनमा यसकिसिमको दुर्घटना हुन नदिन अपनाइनुपर्ने सुझावसहितको प्रतिवेदन ४५ दिनभित्र पेस गर्न रतिशलाल कर्णको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन भएको छ,’ उनले भने।

    आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्यसचिव छन्। आयोगलाई ४५ दिन म्याद दिइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend