काठमाडौँ । बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यविरूद्ध दायर भएको मुद्दा फिर्ता भएको छ।
बिहीबार दिउँसो प्रहरी प्रशासन समक्ष मदिराले मातेको बेला गल्ती हुन गएको तथा फेरि यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धतासहित आचार्यले मेयर, उपमेयरसँग माफी मागेपछि कुरा मिलेको हो।
जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालका अनुसार बिहीबार प्रमुख प्रशासकीय अधिकृत आचार्यले प्रहरी प्रशासनका समक्ष मेयर, उपमेयरका साथै उपस्थित सबैका सामु गल्ती भएको भन्दै माफी माग्दै एक पटकलाई क्षमा दिन गरेको आग्रह अनुसार उपमेयर पाण्डेले मुद्दा फिर्ता लिएकी हुन्।
बुधबार उपमेयर रत्नकुमारी पाण्डेले प्रमुख प्रशासकीय अधिकृतकाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहारसम्बन्धी उजुरी दिएकी थिइन्।
मंगलबार दिउँसै मदिराले मातेर कार्यालयमा आएर उपद्रो व्यवहार गरेका आचार्यको ज्यादतीविरूद्ध बुधबारको कार्यपालिका बैठकले मुद्दा चलाउने निर्णय गरेको थियो।
प्रमुख प्रशासकीय अधिकृत आचार्यले सार्वजनिक रूपमै माफी मागेका छन्।
कार्यालय समयमै प्रमुख प्रशासकीय अधिकृतले मदिरा सेवन गरेर लफडा गरेपछि...

