२०८३, आश्विन २० गते

images
  • विश्व
  • नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद्...

नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद् गठन गर्ने समझदारी

नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद् गठन गर्ने समझदारी

सीएनएन खबर
शुक्रवार, चैत्र २२ २०८१०३:२०
सीएनएन खबर
शुक्रवार, चैत्र २२ २०८१०३:२०
  • images

    काठमाडौँ  । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र थाइ चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडबीच संयुक्त वाणिज्य परिषद् गठन गर्ने समझदारी भएको छ।

    थाइल्याण्डको राजधानी बैंककमा नेपाल उद्योग वाणिज्य महासंघको टोली र थाइ चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडबीच भएको द्विपक्षीय वार्तामा उक्त समझदारी भएको हो। यस परिषद्ले दुवै देशमा लगानी प्रवद्र्धन गर्न तथा लगानी आदान–प्रदानका लागि सहजिकरण गर्ने बताइएको छ।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण बन्दै गइरहेको उल्लेख गर्दै सम्भावित लगानी क्षेत्र पहिचान गर्न परिषद्ले सहयोग गर्ने बताए। उनका अनुसार थाइ व्यवसायीहरूले नेपालमा पर्यटन, सेवा क्षेत्र, खाद्य प्रशोधन, प्याकेजिङ तथा निर्माण सामग्री उत्पादनमा चासो देखाएका छन्।

    वार्तामा नेपाली उद्योगी–व्यवसायीलाई थाइल्याण्डमा अनअराइभल भिसाको सुविधा उपलब्ध गराउन आग्रह गरिएको छ। अध्यक्ष ढकालका अनुसार थाइ व्यवसायीहरूले नेपालमा राजनीतिक स्थिरता अभावले लगानी प्रभावित हुनसक्ने चिन्ता व्यक्त गरेका थिए। तर, सरकारले वैदेशिक लगानीलाई सहज बनाउन नीति सुधार गरेको र यसले लगानीमा सकारात्मक प्रभाव पार्ने महासंघको धारणा रहेको उनले बताए।

    त्यसैगरी, बिमस्टेक चेम्बर गठन प्रक्रिया अघि बढाउनका लागि सदस्य राष्ट्रहरूसँग छलफल भइरहेको र नेपाल यस विषयमा सक्रिय भूमिका खेल्ने पनि उनले जानकारी दिए।

    यस समझदारीले नेपाल र थाइल्याण्डबीचको व्यापार तथा लगानी सम्बन्ध थप प्रगाढ हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend