२०८३, आश्विन २० गते

images
  • समाचार
  • वायु प्रदूषणको असर हवाई उडानमाः एक...

वायु प्रदूषणको असर हवाई उडानमाः एक सातामै २२६ आन्तरिक उडान रद्द, मर्कामा यात्रु

वायु प्रदूषणको असर हवाई उडानमाः एक सातामै २२६ आन्तरिक उडान रद्द, मर्कामा यात्रु

सोमवार, चैत्र २५ २०८१०१:४०
सोमवार, चैत्र २५ २०८१०१:४०
  • images

    काठमाडौँ । केही दिन यता देखिएको वायुप्रदूषणका कारण आन्तरिक उडान प्रभावित बनेको छ । काठमाडौंलगायत देशका विभिन्न सहरमा उच्च वायुप्रदूषका कारण हवाई उडान प्रभावित बनेको हो । 

    प्रदूषणका कारण भिजिविलिटी कम भएपछि हवाई उडान डिले हुने र रद्दसमेत भइरहेकाले यात्रुहरू विमानस्थलमा अलपत्र परेका छन् ।

    पोखरा, सिमरा र भरतपुरमा उडान र अवतरण रोकिएको त्रिभुवन विमानस्थलका प्रवक्ता रेन्जी शर्पाले नेपाल प्रेसलाई बताए । अन्य ठाउँमा भने उडान नियमित छ ।

    एक सातामा २२६ उडान रद्द

    उच्च वायुप्रदूषणका कारण एक साताको अबधिमा २ सय २६ वटा उडान रद्द भएका छन् । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल कार्यालयका अनुसार चैत १७ आइतबारदेखि २३ गतेसम्म ७ वटा आन्तरिक वायुसेवा कम्पनीका दुईतर्फी गरी २ सय २६ वटा आन्तरिक उडान रद्द भएका हुन् । 

    tia bhid.jpg

    गौचरस्थित आन्तरिक टर्मिनल कार्यालयका अनुसार एक सातामा दुईतर्फी गरेर बुद्धले ६२, यतीले ५८, श्रीले ४०, समिटले २२, सीताले १६, ताराले १८ र नेपाल वायुसेवा निगमले १० वटा उडान रद्द गरेका छन् । उडान रद्द हुने गन्तव्यमा काठमाडौं, पोखरा, लुक्ला, भैरहवा, भरतपुर, जनकपुर, तुम्लिङटार, ताप्लेजुङ, भोजपुर, फाप्लु, विराटनगर, भद्रपुर मुख्य विमानस्थल हुन् ।

    पाइलटहरूका अनुसार पोखराबाट पश्चिम धनगढी, नेपालगन्जको दाँजोमा पूर्व भैरहवा, भरतपुर, काठमाडौं, लुक्ला हुँदै भद्रपुरसम्मको आकाश प्रदूषित तुवाँलोले ढाकिएको छ । ‘काठमाडौंबाट उडेपछि ९ हजार फिटमाथि पुगेपछि मात्रै सफा आकाश देखिन्छ,’ एटीआर विमानका एक क्याप्टेनले भने, ‘त्यसभन्दा मुनि धूवाँ, धूलोको बाक्लो तह जमेको छ । उडिरहेको जहाजले भुइँ सतह हेर्न निकै तल आउनुपर्छ ।’

    जहाजहरूको प्रकार तथा गतिका आधारमा उपकरणको सहायताबाट जहाजलाई अवतरण गराउन ककपिटबाट न्यूनतम १६ सय मिटर परसम्म देखिने भिजिबिलिटी आवश्यक पर्छ । 

    सामान्य अवस्थामा पाइलटले जहाजभित्रबाट आँखाले देख्न सक्ने दूरी (भिजिबिलिटी) ५ हजार मिटर हुँदा भूसतह र जहाजमा उपलब्ध हुने उपकरण र यन्त्रहरूको भर नपर्दा पनि हुन्छ । बाक्लो तुवाँलोका कारण केही दिनयता अधिकांश पाइलटहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्यक्ष हेरेर गर्ने ‘भीएफआर’ उडान गर्न सकिरहेका छैनन् । 

    ५ हजार मिटरभन्दा कम भिजिबिलिटीमा उडान ठप्पै नभए पनि विमानस्थल वरिपरिको दृश्य सफा नहुँदा पाइलटहरूले प्रत्यक्ष आँखाले हेरेर मात्रै उडान गर्न नसकेर जहाज र विमानस्थलको सतहमा भएका उपकरण, नेभिगेसन यन्त्रहरूको सहायतामा आईएफआर प्रणाली अपनाउँदै उडानहरू गर्नुपरेको काठमाडौं विमानस्थलका प्रवक्ता शेर्पाले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend