२०८३, आश्विन १९ गते

images
  • समाचार
  • कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन, पालिकामा...

कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन, पालिकामा आज शोक बिदा

कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन, पालिकामा आज शोक बिदा

सीएनएन खबर
शुक्रवार, श्रावण ११ २०८१०८:५८
सीएनएन खबर
शुक्रवार, श्रावण ११ २०८१०८:५८
  • images

    काठमाडौँ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । बिरामी भएर वीर अस्पतालमा उपचार नकर्मीको गएराती निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिए ।

    ढकालका अनुसार मेयर नकर्मीको निधन भएकाले आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको छ । उनको पार्थिव शरीर बिहान ९ बजे नगरपालिकामा ल्याएर  श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्येष्टि गर्ने ढकालले जानकारी दिए ।

    नकर्मी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । मिर्गौलामा समस्या आएपछि उनी २ साउनमा वीरमा भर्ना भएका थिए ।

    मेयर नकर्मीले आफ्नो स्वास्थ्यमा निरन्तर समस्या आएपछि १ साउनमा नै सुनिता शाक्यलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend