२०८३, आश्विन २० गते

images
  • समाचार
  • बिहीबार तीन संसदीय समितिको बैठक बस्दै,...

बिहीबार तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

बिहीबार तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

सीएनएन खबर
बिहिवार, चैत्र २८ २०८१०८:०५
सीएनएन खबर
बिहिवार, चैत्र २८ २०८१०८:०५
  • images

    काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । पूर्वाधार विकास समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । 

    पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विद्युत् विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ । 

    विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा चालु आर्थिक वर्ष ०८१–०८२ को बजेटको खर्चको स्थिति र आगामी आर्थिक वर्ष ०८२–०८३ को बजेटको तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान १० बजे सुरु  हुनेछ । बैठकमा उपप्रधानमन्त्री एवं  अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारीलाई बोलाइएको छ । 

    त्यस्तै बिहान ११ बजेको लागि बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुँने कार्यसूचीमा उल्लेख छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend