२०८३, आश्विन १९ गते

images
  • समाचार
  • साँगामा पहिरो, अरनिको राजमार्गको भक्तपुर खण्ड...

साँगामा पहिरो, अरनिको राजमार्गको भक्तपुर खण्ड बन्द

साँगामा पहिरो, अरनिको राजमार्गको भक्तपुर खण्ड बन्द

बिहिवार, चैत्र २८ २०८१०८:१०
बिहिवार, चैत्र २८ २०८१०८:१०
  • images

    काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुर खण्डमा सवारीसाधन आवतजावत ठप्प भएको छ। बिहीबार बिहानैदेखि राजमार्ग खण्ड अन्तर्गत महानगरीय प्रहरी बृत जगातीले जगातीबाट माथि सवारीसाधन पठाउन रोकेको हो।  

    प्रहरीका अनुसार राजमार्ग खण्ड अन्तर्गत साँगामा पहिरो गएको छ। पहिरोका कारण आवतजावत अवरुद्ध छ। यही कारण गाडीहरूलाई जगातीमै रोकेको छ। 

    पहिरोले मोटरसाइकलसम्म पनि पास नभएको जनाइएको छ। यस कारण साँगाबाट माथि बनेपा जाने मोटरसाइकलसम्मलाई पनि प्रहरीले रोकेको छ।

    विहान ७ बजेदेखि गाडी प्रहरीले उता पठाएको छैन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend