२०८३, आश्विन २० गते

images
  • समाचार
  • गभर्नर बन्ने पक्का भएपछि गुणाकरले दिए...

गभर्नर बन्ने पक्का भएपछि गुणाकरले दिए कार्यकारी निर्देकशबाट राजिनामा

गभर्नर बन्ने पक्का भएपछि गुणाकरले दिए कार्यकारी निर्देकशबाट राजिनामा

शुक्रवार, बैशाख ५ २०८२१२:१५
शुक्रवार, बैशाख ५ २०८२१२:१५
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजिनामा दिएका छन् । गभर्नर नियुक्तका लागि उच्च राजनीतिक नेतृत्वबाट सकारात्मक संकेत पाएपछि उनले राजिनामा दिएका हुन् ।

    बहालवाला कार्यकारी निर्देशकलाई नै गभर्नर नियुक्त गर्न मिल्न वा नमिलने भन्ने कानुनी अन्यौलता देखिएपछि भट्टले शुक्रबार राजीनामा बुझाएका हुन् ।

    गत बुधबार सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेबहारदुर देउवा र प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच गभर्नरको भागवण्डा टुंगिएको हो । गभर्नर कांग्रेसको भागमा पर्नेगरी भागवण्डा टुंगिएपछि बिहिबार नै कांग्रेस सभापति शेरबहादुर देउावाले भट्लाई बोलाएर छलफल गर्दै भगर्नर बनाउने सिग्नल दिएका थिए ।

    गभर्नरका लागि उच्च राजनीतिक तहबाटै ग्रिन सिग्नल पाएपछि भट्टले शुक्रबार राजिनामा दिएका हुन् । अब बस्ने मन्त्रिपरिषदको बैठकले डा भट्टलाई गभर्नर नियुक्ति गर्ने निश्चितजस्तै भएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend