२०८३, आश्विन १९ गते

images
  • समाचार
  • उपत्यकाका सबै पालिकामा आज शोक ...

उपत्यकाका सबै पालिकामा आज शोक बिदा

उपत्यकाका सबै पालिकामा आज शोक बिदा

सीएनएन खबर
आइतवार, श्रावण १३ २०८१०७:४२
सीएनएन खबर
आइतवार, श्रावण १३ २०८१०७:४२
  • images

    काठमाडौँ । आज काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा शोक बिदा दिईएको छ । 

    गत बिहीबार कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको उपचारको क्रममा मृत्यु भएपछि उपत्यका भित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । 

    काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । उक्त निर्णय अनुसार आइतबार पालिका, सम्पूर्ण वडा कार्यालय तथा विद्यालयहरु बन्द हुनेछन् । 

    नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए । विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए । 


     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend