२०८३, आश्विन २० गते

images
  • विश्व
  • जम्मु-कस्मिरमा पर्यटक लक्षित आक्रमणः एक नेपालीसहित...

जम्मु-कस्मिरमा पर्यटक लक्षित आक्रमणः एक नेपालीसहित २६ जनाको मृत्यु

जम्मु-कस्मिरमा पर्यटक लक्षित आक्रमणः एक नेपालीसहित २६ जनाको मृत्यु

बुधवार, बैशाख १० २०८२०७:३६
बुधवार, बैशाख १० २०८२०७:३६
  • images

    काठमाडौँ । भारतको जम्मु-कस्मिरस्थित पहलगाममा पर्यटकहरूलाई लक्षित गरी भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको छ । विगत केही वर्षयता नागरिकमाथिको यो ठुलो आतंककारी हमला भएको प्रहरी अधिकारीले जनाएका छन् ।

    पाहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ जुन पर्यटकको लोकप्रिय गन्तव्य स्थल हो । मृत्यु हुने नेपाली नागरिकको नाम सन्दीप न्यौपाने भनिए पनि ठेगाना भने खुलेको छैन । पर्यटकहरुलाई लक्षित गरेर आतंककारीहरूले अन्धाधुन्ध गोली चलाएको जनाइएको छ । 

    लस्कर ए तोएबाका संस्थापक हफिज सइद नेतृत्वको द रेसिस्टेन्स फ्रन्ट टीआरएफ ले आक्रमणको जिम्मा लिएको छ । कस्मिर क्षेत्रमा सन् १९८९ देखि चलिरहेको विद्रोहमा लडाकुहरू भारतबाट स्वतन्त्रता वा पाकिस्तानसँग मिलनको पक्षमा छन् । 

    आतंकवादी हमलाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्रुर घट्नाको संज्ञा दिदै निन्दा गर्नु भएको छ । घट्ना लगत्तै भारतीय गृहमन्त्री अमित शाह कस्मिर पुग्नुभएको छ । 

    विपक्षी नेता राहुल गान्धीले यो घट्नालाई हृदयविदारक भन्दै संघीय सरकारले उत्तरदायित्व लिनु पर्ने माग गरेका छन् । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पदेखि धेरै देशका राष्ट्रप्रमुखहरूले घटनाको निन्दा गरेका छन् ।

    गोली लागेका घाइतेहरूको उपचार भइरहेकाले मृतकको संख्या बढ्न सक्ने सञ्चार माध्यमहरुले जनाएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend