काठमाडौं । सहकारी ठगीमा संलग्न कांग्रेस सासद माया राई पक्राउ परेकी छिन्। प्रहरीले शनिबार उनलाई कपनबाट पक्राउ गरेको हो ।
सहकारी ठगीको मुद्दामा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले बताए। सांसद राई लामो समयदेखि सत्ताको संरक्षणमा थिइन्।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको ठगीमा उनको संलग्नता पुष्टि हुँदा पनि प्रहरीले उनलाई पक्राउ गर्न चासो दिएको थिएन। यसअघि ठेगाना नखुलेको भन्दै प्रहरीले उनलाई उन्मुक्ति दिएको थियो। उनी स्वर्णलक्ष्मी सहकारीको दुई कार्यकाल सञ्चालक बसेकी थिइन्। त्यही समयमा बचतकर्ताको रकम हिनामिना भएको थियो। सहकारीका मुख्य सञ्चालक जिबी राई भने अझै फरार छन्।
भोजपुर स्थायी घर भएकी राई समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी हुन्।

